लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप
![लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप](https://rpcdn.ratopati.com/media/albums/lamjung_khop_Y1DO2wHVep.jpg)
लमजुङमा बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।
खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बालबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम बरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ । १२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम