सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कात्तिकबाट फागुनमा सर्‍यो ‘बुलाकी’

बुधबार, ०८ भदौ २०७९, १० : ४९
बुधबार, ०८ भदौ २०७९

फिल्म ‘बुलाकी’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । पहिले १८ कार्तिकमा प्रदर्शन मिति घोषणा गरेको फिल्म अहिले मंसिरमा आउन लागेको हो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको निर्माता टोपेन्द्र विष्टले बताए ।

‘देश चुनावमा होमिएको र सचेत नागरिकको हैसियतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौँ,’ निर्माता विष्टले भने, ‘चुनावको माहौलमा आम मानिसमा ‘इन्टरटेन्मेन्ट मुड’ नहुने पाइएकाले फिल्म सारेका हौ ।’

लक्ष्मण सुनार निर्देशित फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज विष्टका मुख्य भूमिका छ । स्व.मोती विष्टको प्रस्तुति रहेको फिल्म छत्रेश्‍वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । कर्णाली भेगको जनजीवन र प्रथामा आधारित शिव ढकालले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन छ । फिल्मको बितरण गोपाल कायस्थ र एफडिले गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप