आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले सरकारी निवासमा अतिथिको टपलेस फोटोमाथि माफी मागिन्

बुधबार, ०८ भदौ २०७९, १० : ३२
बुधबार, ०८ भदौ २०७९

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर सार्वजनिक भएको प्रति माफी मागेकी छिन् । अत्यधिक पार्टी गर्ने गरेको भन्दै आलोचना खेपेकी सन्नाले हालै ड्रग्स परीक्षण गरेकी छिन् जसको रिपोर्ट नेगेटिभ आएको छ ।

दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो ।​ मारिनले ‘तस्बिर उपयुक्त नभएको’ स्वीकार गरिन् र माफी मागिन् ।

यसमा, दुई महिलाले ‘फिनल्याण्ड’ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । सोमबार, मारिनले उक्त पार्टी आफ्नो आधिकारिक निवास हेलसिंकी, केसरन्टामा रुइसरोक सङ्गीत उत्सवपछि भएको बताएकी छिन् । फिनिस मिडियाले उक्त तस्बिर पाहुनाहरूले प्रयोग गर्ने तल्लो तलाको शौचालयमा खिचिएको बताएको छ ।

‘हामीले सौना लियौँ, पौडी खेल्यौँ र सँगै समय बितायौँ,’ मारिनले भनिन् । ‘यस्तो तस्बिर खिच्नु हुँदैनथ्यो तर भेटघाटमा असाधारण त्यस्तो केही भएन,’ उनले थपिन् ।

सन्ना मरिनले क्लबिङ गर्ने, साथीहरुसँग साङ्गीतिक कार्यक्रममा सहभागी हुनेलगायतका क्रियाकलापलाई कहिल्यै गोप्य राखिनन् । उनको यस्ता क्रियाकलापको व्यापक आलोचनासमेत हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप