सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

बुधबार, ०८ भदौ २०७९, १० : ००
बुधबार, ०८ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । 

‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भनाइ छ ।  एमालेले सरकारले प्रतिपक्षसँग सल्लाह नगरी विभिन्न कानुनहरु निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप