शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

बुधबार, ०८ भदौ २०७९, ०६ : ३४
बुधबार, ०८ भदौ २०७९

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।

यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्।

स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए।  

सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ। स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए।

बैठकमा केही नेताले सत्तारुढ दलबीच गठबन्धन नभए एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय हाराहारी स्थानमा जित्ने बताएका थिए। उनीहरूले समानुपातिक निर्वाचनतर्फ पनि पार्टीले अग्रस्थान जित्ने आधार पेस गरेका थिए।  

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक्लै जानुपर्ने भएकाले कडा प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिएपछि प्रदेश इन्चार्जहरूले पार्टीको बहुमत आउने ब्रिफिङ गरेका हुन्।

प्रदेश १ बाट देवराज घिमिरे, मधेस प्रदेशबाट रघुबीर महासेठ, वाग्मती प्रदेशबाट काशीनाथ अधिकारी, लुम्बिनी प्रदेशबाट छविलाल विश्वकर्मा, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप