मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन
मङ्गलबार, ०७ भदौ २०७९, २१ : ५४
मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको सेवामा थप सहज हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न, पीडितलाई न्याय दिलाउन प्रहरीको अहम् भूमिका रहने भन्दै मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशनसमेत दिए । नवनिर्मित प्रहरी कार्यालयको भवनमा ब्यारेक, भान्छाघर, शौचालय तथा स्नानगृह लगायत सुविधासमेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान