बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राहुल द्रविडलाई कोभिड सङ्क्रमण

मङ्गलबार, ०७ भदौ २०७९, २१ : ४३
मङ्गलबार, ०७ भदौ २०७९

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

बीसीसीआईका अनुसार एसिया कपका लागि दुबई जानुअघि नियमित परीक्षणका क्रममा द्रविडलाई कोभिड सङ्क्रमण भएको पुष्टि भएको थियो । बोर्डले बीसीसीआईको मेडिकल टोलीले राहुल द्रविडमाथि नजर राखेको जनाएको छ । द्रविडमा हल्का लक्षणहरू देखिएको पनि  जानकारी दिइएको छ । 

बीसीसीआईले रिपोर्ट नेगेटिभ आएपछि राहुल द्रविड टोलीमा समावेश हुने जानकारी दिएको छ । बाँकी भारतीय टोली अगस्ट २३ मा दुबईमा भेला हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप