निलम्बित प्रधानन्यायाधीश राणाले यसैसाता सफाई पेश गर्नुपर्ने
मङ्गलबार, ०७ भदौ २०७९, २१ : २५
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेपछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने भएको हो ।
जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन् । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो । सिफारिस समितिको तेस्रो बैठक पुनः बुधवार बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका
-
नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता
-
नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह
-
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध