बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मलेसियाका पूर्व प्रधानमन्त्रीले सुरु गरे जेल सजाय

मङ्गलबार, ०७ भदौ २०७९, २१ : १६
मङ्गलबार, ०७ भदौ २०७९

सर्वोच्च अदालतले अपिल खारेज गरेसँगै मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्षको सजाय पुरा गर्न जेल पठाइएको छ । राज्यद्वारा सञ्चालित वान मलेसिया डेभेलप्मेन्ट बरहार्ड (वानएमडीबी) मा ६९ वर्षीय रजाकले भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई सजाय सुनाएको थियो ।

उनलाई सन् २०२० को जुलाईमा नै सजाय सुनाइए पनि उनी धरौटीमा जेल बाहिर नै बस्दै आएका थिए । अदालतले उनको जेल सजाय भुक्तानीमा ढिलाइ गर्ने अपिललाई पनि खारेज गरेको छ । उनले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आएका छन् । अदालतले भने उनलाई ४.२ करोड रिंगिट भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनले सो रकम वानएमडीबीबाट आफ्नो व्यक्तिगत खातामा रकमान्तर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप