शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च संस्कारका बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : मन्त्री चौधरी

मङ्गलबार, ०७ भदौ २०७९, २० : ५४
मङ्गलबार, ०७ भदौ २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरूबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।  

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाडौंद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता –२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमककुमारीले खुट्टाले त्यत्रा  ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’

बालबालिका असल सँस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरू असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरू नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’ सहरी मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप