गठबन्धनका नेताहरु ‘वान टू वान’ वार्ता गर्ने

सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।
सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शिर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्य दलका संयोजक समेत रहेका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ भएका कारण बीच बैठकबाट गएका थिए । त्यसैले पनि सहमति जुटाउने कार्यलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाई थियो ।
गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँट गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा लखनउसँग हार्यो कोलकाता
-
आँचल बनिन् ‘मिस टिन युनाइटेड नेसन्स नेपाल’ विजेता
-
‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली