अमेरिकामा कोरोना महामारीविरुद्धको कदमको नेतृत्व गरेका डा. एन्थोनी फाउचीले पद त्याग गर्दै
संयुक्त राज्य अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले डिसेम्बरमा पदत्याग गर्ने घोषणा गरेका छन् । फाउची कोभिड–१९ विरुद्धको कदममा अमेरिकाको नेतृत्व गरेकाले उनी महामारीविरुद्धको प्रक्रियाको सार्वजनिक अनुहार बनेका थिए ।
फाउचीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज(एनआईएआईडी) को निर्देशकको पद र राष्ट्रपति जो बाइडेनको शीर्ष चिकित्सा सल्लाहकारको जिम्मेबार त्याग्ने बताएका छन् । उनले क्यारियरको ‘अर्को चरणलाई पछ्याउने’ बताएका छन् ।
‘धेरै वैज्ञानिक र जनस्वास्थ्य चुनौतीका बावजुद यति धेरै वर्ष एनआईएआईडीको नेतृत्व गर्ने अवसर पाएँ, त्यो मेरो जीवनकै ठूलो सम्मान रह्यो । यस अवधिका धेरै उपलब्धिहरूप्रति म गर्व महसुस गर्छु ,’ २८ वर्ष एनआईएआईडीको नेतृत्व गरेका फाउचीले भने ।
‘५० वर्षभन्दा बढि समय सरकारी सेवामा कार्यरत रहिसकेपछि यो क्षेत्र त्यागेको हुँ, आफ्नो क्षेत्रबाट नै अवकास लिएको भने होइन । मसँग अझै धेरै ऊर्जा र जोशका साथ मेरो करियरको अर्को चरणमा प्रवेश गर्दैछु,’ उनले भने ।
फाउची कोविड–१९ संकटको प्रारम्भिक दिनहरूमा वैज्ञानिक समुदायमा सबैभन्दा धेरै चिनिने व्यक्तित्व बनेका थिए । त्यस समय उनी अधिकाशं अमेरिकीहरुको विश्वसनीय स्रोत बनेका थिए । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भने उनको सार्वजनिक रुपमा मतभेद देखिन्थ्यो । ती दिन ट्रम्पले धेरै पटक मौखिक रूपमा फाउचीलाई आक्रमण गरेका थिए ।
ट्रम्पले सन् २०२० को राष्ट्रपति अभियानको क्रममा, एक बिन्दुमा आफू पुननिर्वाचित भए फाउचीलाई बर्खास्त गर्ने समेत बताएका थिए ।
तर फाउची र बाइडेनबीचको सम्बन्ध भने सौहार्दपूर्ण रह्यो । बाइडेनले सोमबार फाउचीको बहिर्गमनको खबरपछि उनलाई ‘समर्पित सार्वजनिक सेवक र दशकौंदेखि खतरनाक र चुनौतीपूर्ण सार्वजनिक स्वास्थ्य संकटसँग झेल्ने सारथी’ भनेर प्रशंसा गरे ।
फाउचीको झण्डै ४० वर्ष लामो एनआईएआईडीको नेतृत्वकालमा उनले एचआईभी÷एड्सदेखि इबोला भाइरस र कोभिड–१९ महामारीसम्मका धेरै जनस्वास्थ्य चुनौतीहरु विरुद्ध योजनाहरु ल्याए । उनले अमेरिकालाई पु¥याएको योगदानको कदर गर्दै अमेरिकाले सन् २००८ मा देशको सर्बोच्च नागरिक सम्मान ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ले सुशोभित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी
-
वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
-
जसपा नेपालले बोलायो विभाग र भातृ संगठनको बैठक
-
भारतले किन खोल्न थाल्यो उत्तर कोरियामा बन्द भएको दूतावास ?
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा