सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति
मङ्गलबार, ०७ भदौ २०७९, १८ : १६

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।
जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता रकम च्याम्जुङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी सहभागी थिए । विरामी भएपछि सिटौला बैठककै बीचमा बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी भएका २० ओटा दुई पाङग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?