फेरि राष्ट्र बैंक ट्रेजरी बिल आफैले खरिद गर्यो
नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल आफैले खरिद गरेको छ । बजारको ब्याजदर नियन्त्रणमा राख्ने भन्दै बैंकले लगातार चौथो पटक पनि आफैले ट्रेजरी राखेको हो ।
बैंकले पछिल्लो पटक बोलकबोल गरेको १२ खर्ब २३ करोड ३२ लाख ट्रेजरी बिलमा समेत ४ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ नवीकरण गरेर बाँकी रहेको ७ अर्ब ३५ करोड रुपैयाँ बैंकले आफैले खरिद गरेको छ । बजारको ब्याजदर बढ्न नदिने बैंकले आफैले ट्रेजरी खरिद गरेको हो ।
यसअघि बैंकले १६ साउनमा २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेको थियो । सोमबार नवीकरणका लागि बोलकबोल आह्वान गरेको २८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बैंकहरुले नै नवीकरण गरेका छन् । उक्त ट्रेजरी बिलमा १३ बैंक तथा वित्तीय संस्थाले ५१ वटा आवेदन मार्फत ६ अर्ब ३१ करोडको लागि बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम ७.९९५८ प्रतिशत, अधिकतम ८.७५०३ प्रतिशत र औसत ८.७०५५ प्रतिशतमा स्वीकार गरेको राष्ट्र बैंकले जनाएको छ ।
सोमबार नै राष्ट्र बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाखको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिलमा १२ बैंक तथा वित्तीय संस्थाले १५ वटा आवेदन मार्फत ५ अर्ब ५९ करोड ८२ लाख रुपैयाँको लागि आवेदन पेश गरेका थियो । उक्त ट्रेजरी बिलको डिस्काउन रेट न्यूनतम ९.८३९९ प्रतिशत, अधिकतम ९.४०९९ प्रतिशत र औसत ९.०८९१ प्रतिशतमा बैंकहरुले नवीकरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन