बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विप्लव निकट विद्यार्थी संगठनले भन्यो–पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर

मङ्गलबार, ०७ भदौ २०७९, १७ : ३७
मङ्गलबार, ०७ भदौ २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न माग गरेको छ । नेपाल बन्दको आह्वान गर्न सडकमा निस्किएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै रिहा गर्न माग गरेका हुन् । 

विनासर्त आफ्ना विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न शाहीले आग्रह गरेका छन् ।  तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएको भन्दै विप्लवसहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्द गरेका थिए । सरकारले तीन बुँदे सहमती कार्यन्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत शिर्ष नेताहरुलाई सरकारले पक्राउ पुर्जी जारी गरेपछि विरोध गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप