शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था

मङ्गलबार, ०७ भदौ २०७९, १७ : ३२
मङ्गलबार, ०७ भदौ २०७९

कमेडियन राजु श्रीवास्तव विगत १३ दिनदेखि अस्पतालको आईसीयू छन् । उनको अहिलेसम्म होस आएको छैन । विश्वभर रहेका उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । 

यसैबीच उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । यदि यसरी नै सुधार भइरह्यो भने चिकित्सकले एक–दुई दिनमा केही घण्टा भेन्टिलेटर बाहिर राख्ने बताइएको छ ।

रिपोर्टका अनुसार कमेडियन कपिल शर्मा, कैलाश खेर, सुनील पाल, शेखर सुमन, जोनी लिभरले राजुको स्वास्थ्यबारे जानकारी लिन दैनिक अपडेटमा छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पनि राजुको स्वास्थ्यको निगरानी गरिरहेका छन् ।

सोमबार एक अपरिचित व्यक्ति कमेडियनको कोठामा पसेर उनीसँग सेल्फी लिए । यो घटनापछि राजु श्रीवास्तवको सुरक्षा बढाइएको छ । राजु श्रीवास्तवको मुटुरोग तथा न्यूरो विभागले संयुक्त रुपमा उपचार गरिरहेको छ ।

राजु श्रीवास्तव २००५ मा स्ट्यान्ड–अप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा सहभागी भएपछि चर्चामा आएका थिए । यो बाहेक उनले ‘बाजीगर’ र ‘बम्बे टु गोवा’ जस्ता फिल्म अभिनय गरेका छन् ।

राजुको अवस्था अहिले स्थिर रहेको समाचारमा जनाइएको छ । उनको रक्तचाप र अक्सिजनको मात्रा बढेको छ । यद्यपि डाक्टरहरू कुनै किसिमको जोखिम लिन चाहेका छैनन्, त्यसैले कसैलाई भेट्न पनि दिइएको छैन । डाक्टरहरूको समूहले उनलाई २४ घण्टा निगरानी गरिरहेका छन् । यति मात्र होइन, राजुको परिवारका केही सदस्य उनको साथमा अस्पतालमै छन् ।

राजुको होसमा आउन दुई हप्ताभन्दा बढी समय लाग्न सक्ने चिकित्सकले अनुमान गरेका छन् । राजुको स्वास्थ्यलाभका लागि परिवारका सदस्यले पाँच दिनको पूजा राखेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप