मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको चुनाव लक्षित अभियानका लागि कुन जिल्ला को खटिए ?

कांग्रेसले मन्त्री र मुख्यमन्त्रीलाई पनि खटायो जिल्ला–जिल्ला
मङ्गलबार, ०७ भदौ २०७९, १७ : २५
मङ्गलबार, ०७ भदौ २०७९

नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ निर्वाचन लक्षित अभियानका लागि खटाउने केन्द्रीय प्रतिनिधि नाम तय गरेको छ । यही भदौ १० गतेबाट सुरु हुने अभियानमा कांग्रेसले ७५ जिल्लामा पठाउने प्रतिनिधिको टुंगो लगाएको हो ।

डोल्पा र मुगुमा खटाउने केन्द्रीय प्रतिनिधिको नाम तय भइनसकेको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ । कांग्रेसले वर्तमान र पूर्वपदाधिकारी बाहेकलाई मात्र प्रतिनिधिका रुपमा खटाउने भएको छ ।  तर कांग्रेसले यसपटक मन्त्री र मुख्यमन्त्रीलाई पनि प्रतिनिधिका रुपमा जिल्ला–जिल्ला खटाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलाई मोरङ खटाइएको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुस्ताङ पठाएको छ । कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई मकवानपुर खटाएको छ ।

कांग्रेसले भदौ १० देखि बीपी जयन्तीसम्म पहिलो चरणको अभियान गर्ने छ भने समानुपातिक उम्मेदवारी दर्ता भएपछि  दोस्रो चरणमा थाल्ने छ । यस्तै प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि  तेस्रो चरणको अभियान थालिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइ छ ।

अभियानका क्रममा राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने महतले बताए । उनका अनुसार कांग्रेस केन्द्रीय प्रतिनिधिलाई एक हप्तासम्म जिल्लाका कार्यक्रमा सहभागी हुन निर्देशन दिएको छ ।

प्रदेश –१

ताप्लेजुङमा – आङ्गेलु शेर्पा
पाँचथर – प्रदीप कुमार सुनुवार
इलाम – महेन्द्र कुमारी लिम्बु
झापा– डिला संग्रौला
संखुवासभा – उमेशजंग रायमाझी
तेह्रथुम– लक्ष्मी परियार
भोजपुर – भीम पराजुली
धनकुटा – राजीव ढुंगाना
मोरङ– ज्ञानेन्द्र कार्की
सुनसरी – अमृत अर्याल
सोलुखुम्बु – कल्पना चौधरी
खोटाङ – तारामान गुरुङ
ओखलढुंगा – लक्ष्मी खतिवडा
उदयपुर – बलबहादुर केसी

मधेस प्रदेश

सप्तरी – आनन्दप्रसाद ढुंगाना
सिरहा – महेन्द्रकुमार राय
धनुषा – नागिना यादव
महोत्तरी – मञ्जु खाण
सर्लाही – दिनेश कुमार यादव
रौतहट – अजयकुमार चौरसिया
बारा – रमेश रिजाल
पर्सा – पद्मनारायण चौधरी

बागमती प्रदेश

दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्रकुमार केसी
धादिङ – मदनकुमार श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभ्रे – रमा कोइराला ९पौडेल०
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर – उमेश श्रेष्ठ
भक्तपुर – अम्बिका बस्नेत
ललितपुर – नानु बाँस्तोला
काठमाडौं –जीतजंग बस्नेत

गण्डकी प्रदेश

गोरखा – ध्रुव वाग्ले
लम्जुङ – शंकर भण्डारी
तनहुँ – सुरेन्द्रराज पाण्डे
कास्की – प्रदीप पौडेल
मनाङ – गुरु बराल
मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत – चप्पादेवी खड्का
स्याङ्जा –चिनकाजी श्रेष्ठ
म्याग्दी – दिनेश कोइराला
बाग्लुङ –अब्दुल सतार
नवलपुर – सरस्वती आर्चल ९पोखरेल०

लुम्बिनी प्रदेश

नवलपरासी – मानबहादुर नेपाली
रुपन्देही – योगेन्द्र चौधरी
कपिलवस्तु – चन्द्रबहादुर केसी
पाल्पा – अब्दल रज्जाक
अर्घाखाची – डा. गोविन्द पोखरेल
गुल्मी – देवेन्द्र कँडेल
रुकुम (पूर्व) – धना खतिवडा
रोल्पा – मैकुलाल वाल्मीकी
प्युठान – जावेदा खातुन जागा
दाङ – गोपाल दहित
बाँके – दिपक गिरी
बर्दिया – गेहेन्द्र गिरी

कर्णाली प्रदेश

रुकुम (पश्चि) – कृष्णकिशोर घिमिरे
सल्यान –सीता देवकोटा
डोल्पा – खाली
जुम्ला – रंगमती शाही
मुगु – कान्तिका सैजुवाल
हुम्ला – खाली
कालिकोट – जानकी सिंह
जाजरकोट –सिताकुमारी राना
दैलेख – राजीवविक्रम शाह
सुर्खेत –संजयकुमार गौतम

सुदूरपश्चिम प्रदेश

बाजुरा – अर्जनजंग बहादुर सिंह
बझाङ – गोविन्दबहादुर शाह
डोटी – नृपबहादुर वड
अछाम – रणबहादुर रावल
दार्चुला – यज्ञराज जोशी
बैतडी – रमेश लेखक
डडेल्धुरा – ईश्वरी न्यौपाने
कञ्चनपुर – रामजनम चौधरी
कैलाली – एनपी साउद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप