सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तीज पर्वमा भड्किलो नगर्न तनहुँ प्रशासनको आग्रह

मङ्गलबार, ०७ भदौ २०७९, १७ : १७
मङ्गलबार, ०७ भदौ २०७९

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन  जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी आग्रह गरेको हो ।

कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप