रेणुका साहको रिटमा अन्तरिम आदेश दिइएन

न्यायपरिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यसअघि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले गत साउन २३ मा यस रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको थियो । गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कार्यान्वयन गरेका थिए । परिषद्ले साहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ ।
न्याय परिषद्ले बर्खास्तका लागि सिफारिस गर्दा साहले निरन्तर १० वर्षसम्म वकालत गरेको नपाइएको र उच्च अदालतमा न्यायाधीश बन्ने तीन दिन अगाडि सम्म पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा जागिर खाइरहेको पाइएको बताएको छ । न्यायाधीश साहले उच्च अदालतको न्यायाधीशमा नियुक्ति लिँदा निरन्तर वकालत नगरेको र सिटिइभीटीमा जागिर खाएको बारे रातोपाटीले सप्रमाण समाचार प्रकाशन गरेको थियो । अर्धसरकारी निकायमा प्रशासन तर्फको काम गरेकी न्यायाधीश साहले निरन्तर १० वर्षसम्म वकालत नगरेको पाइएपछि न्याय परिषद्ले उनलाई बर्खास्त गरेको थियो ।
सोही बर्खास्तविरुद्ध साहले साउन १९ गते सर्वोच्च अदालतमा उक्त निर्णय बदर गर्न माग गर्दै रिट दर्ता गराएकी थिइन् । शाहको रिटमा न्याय परिषद, कामु प्रधानन्यायाधीश, कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, दुई न्याय परिषद्का अन्य सदस्य, कामु मुख्य रजिष्ट्रार र न्याय परिषद्का सचिवलाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार