बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंक अफ काठमाण्डूले पायो चाइना कन्स्ट्रक्सन बैंकबाट ६६ लाख २५ हजार डलर फिर्ता

मङ्गलबार, ०७ भदौ २०७९, १७ : ०६
मङ्गलबार, ०७ भदौ २०७९

मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा फसेको पैसा बैंक अफ काठमाण्डू (बीओके) ले अन्ततः फिर्ता पाएको छ । मंगलबार चिनियाँ चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई ६६ लाख २५ हजार १० अमेरिकी डलरसहित १४ लाख ११ हजार ४५३ युरो फिर्ता गरेको हो । 
मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने शिलशिलामा बैंकले आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई प्रदान गर्नेगरी बीओकेले चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी दिएको थियो । तर, आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बीचमै छोडेपछि हिस्सेदार चाइना कन्स्ट्रक्सनले बैंकलाई ग्यारेन्टी बापतको रकम दिन मानेको थिएन । 

पछि यो केश अदालती मुद्दामा गएपछि बैंकले चिनियाँ अदालतमा नै मुद्दा दायर गरेको थियो । विभिन्न अदालत हुँदै चीनको हेनान पिपुल्स उच्च अदालतमा पुगेको सो मुद्दामा गत जुलाई २५ मा अन्तरिम आदेश जारी गर्दै अदालतले बीओकेको पक्षमा फैसला गरिदिएको थियो । 

सोही फैसला बमोजिम मंगलबार चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई भुक्तानी पठाएको हो । सो बारे जानकारी दिँदै बैंकले मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको बिवादको कारण रोकिएको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको ६,६२५,०१० अमेरिकी डलर र १,४११,४५३ युरो बैंक खातामा आएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप