‘जेम्स वेब टेलिस्कोप’ले खिच्यो बृहस्पतिको हालसम्मकै प्रष्ट तस्बिर
एजेन्सी । विश्वको सबैभन्दा नयाँ र ठूलो खगोलीय दूरदर्शक यन्त्र जेम्स वेब टेलिस्कोपले हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको हालसम्मकै प्रस्ट तस्बिर खिचेको छ । जेम्स वेब टेलिस्कोपसँग आबद्ध नासाका वैज्ञानिकले सोमबार बृहस्पतिको सो तस्बिर सार्वजनिक गरे । त्यस तस्बिरमा सो ग्रहको उत्तर तथा दक्षिण कुनाको प्रकाश र ध्रुवीय आँधी पनि देखिन्छ ।
झण्डै सिङ्गै पृथ्वी अटाउने वृहस्पतिको सबैभन्दा ठूलो आँधी ‘ग्रेट रेड स्पोट’ अरू ससाना आँधीको छेउमा स्पष्ट देखिन्छ । जेम्स वेब टेलिस्कोपको तस्बिरमा बृहस्पतिका दुई उपग्रह(हाम्रो पृथ्वीको चन्द्रमाजस्तो) पनि देखिन्छन् ।
‘बृहस्पतिलाई हामीले यस्तो अद्भूत रूपमा पहिले कहिल्यै देखेका थिएनौँ,’ यस अवलोकनको नेतृत्वमा सघाएका युनिभर्सिटी अफ क्यालिफोर्नियाका ग्रहीय खगोलविद इम्के डे प्याटरले भनिन् ।
संयुक्त राज्य–फ्रान्सका अनुसन्धान टोलीले टेलिस्कोपले खिचेको इन्फ्रारेड तस्बिरमा पछि निलो, सेतो, हरियो, पहेँलो र सुन्तले रङ्ग लेपन गरेको खुलाएका छन् । नासाले हबल खगोलीय दूरदर्शक यन्त्रको उत्तराधिकारीको रूपमा जेम्स वेबलाई गत वर्षको अन्तिमतिर अन्तरिक्ष प्रक्षेपण गरेको थियो । १० अर्ब डलरको यस दूरदर्शक यन्त्र बनाउन नासालाई युरोपेली स्पेस एजेन्सीले सघाएको थियो ।
वैज्ञानिकहरूले जेम्स वेब टेलिस्कोपको सहाराले ब्रह्माण्डको उत्पत्तिको रहस्य खुल्न सक्ने आसा गरेका छन् । यो दूरदर्शक यन्त्र पृथ्वीबाट १६ लाख किमी माथि आकाशमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा