नबिल ढुक्क मुद्दती खातामा दश गुणासम्म रकम प्राप्त हुने
नबिल बैंकले आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्दती खाता” बजारमा ल्याएको छ । “नबिल ढुक्क मुद्दती खाता” अन्तर्गत ग्राहक वर्गले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।
यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।
त्यसैगरि विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले रु ३००,००० सम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार
-
सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा
-
तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
-
शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
-
‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?