नवप्रवेशीलाई जिम्मेवारी दिन एमालेको निर्देशन
नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्देशन दिएको हो ।
त्यसको कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको छ ।
‘नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोनयन गर्न र समस्या भएमा माथिल्लो कमिटीसँग समन्वय गर्न निर्देशन दिइएको छ’, प्रचार विभाग प्रमुख गुरुङले भने, ‘विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन पनि गरेको छ ।’
एमालेले केन्द्रीय सल्लाहकार परिषदमा काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेललाई मनोनयन गरेको छ भने माओवादीबाट प्रवेश गरेका जीवन गौतम, काँग्रेसबाट प्रवेश गरेका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा सचिवालयले गरेको मनोनयनलाई स्थायी कमिटीले अनुमोदन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
