उम्मेदवार छनोटको विधि र मापदण्ड एमाले केन्द्रीय कमिटीले तय गर्ने
नेकपा एमालेको भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले उम्मेदवारको विधि र मापदण्ड तय गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘उम्मेदवार छनोटको विधि र प्रक्रिया निर्धारण गर्ने काम केन्द्रीय कमिटीले गर्छ । विधि तोकिएपछि जिल्ला, प्रदेश हुदै केन्द्रमा आउछ’, गुरुङको भनाइ छ । उनले राजनीतिक कार्यदिशा, रणनीतिबारे अध्यक्षको प्रतिवेदनमा समेटिने बताए । उनले आगामी सरकार एमालेको बन्छ भन्ने उद्देश्य राखिएकाले सोही अनुसार प्रतिवेदन आउने पनि बताए ।
एमालेले आगामी चुनावमा एमालेसँग गठबन्धन गर्न चाहने शक्तिहरूका लागि ढोका खुलै राखेको जनाएको छ । ‘एमालेसँग जो-जो गठबन्धन गर्न चाहान्छन् उनीहरुलाई ढोका खुलै छ । तर गठबन्धन भएन भने एमाले चुनावमै जाँदैन भन्ने होइन । हामी एक्लै चुनाव जित्न सक्छौ’, प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
