उम्मेदवार छनोटको विधि र मापदण्ड एमाले केन्द्रीय कमिटीले तय गर्ने

नेकपा एमालेको भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले उम्मेदवारको विधि र मापदण्ड तय गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
‘उम्मेदवार छनोटको विधि र प्रक्रिया निर्धारण गर्ने काम केन्द्रीय कमिटीले गर्छ । विधि तोकिएपछि जिल्ला, प्रदेश हुदै केन्द्रमा आउछ’, गुरुङको भनाइ छ । उनले राजनीतिक कार्यदिशा, रणनीतिबारे अध्यक्षको प्रतिवेदनमा समेटिने बताए । उनले आगामी सरकार एमालेको बन्छ भन्ने उद्देश्य राखिएकाले सोही अनुसार प्रतिवेदन आउने पनि बताए ।
एमालेले आगामी चुनावमा एमालेसँग गठबन्धन गर्न चाहने शक्तिहरूका लागि ढोका खुलै राखेको जनाएको छ । ‘एमालेसँग जो-जो गठबन्धन गर्न चाहान्छन् उनीहरुलाई ढोका खुलै छ । तर गठबन्धन भएन भने एमाले चुनावमै जाँदैन भन्ने होइन । हामी एक्लै चुनाव जित्न सक्छौ’, प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनै हराएको बाहुन’को काभ्रेबाट छायांकन सुरु
-
कार्यकाल सफल रहेको दाबी गर्दै भण्डारीले सार्वजनिक गरे १८ बुँदे प्रगति विवरण
-
बैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
-
८४ को निर्वाचनसम्म सरकार टसमस हुँदैन, राजतन्त्र फर्किँदैन – प्रधानमन्त्री ओली
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ