नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्ब ३३ करोडमा सीमित

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । अघिल्लो दिन ७ अंकले घटेको बजारमा आज १.८५ अंकको वृद्धि हुँदै नेप्से सूचक २०५४.९८ अंकमा उक्लिएको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ०.५८ अंकले बढ्दै ३९७.६९ अंकमा उक्लिएको छ । तर, नेप्सेमा सुधार आएपनि आज कारोबार भने १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ ।
१३ वटा उपसूचक मध्ये बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, लाइफ इन्स्योरेन्स र इनभेष्टमेन्ट उपसमूह धनात्मक (पोजेटिभ) भएका छन् भने, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, फाइनान्स, नन् लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड ऋणात्मक (नेगेटिभ) भएका छन् ।
आज सबैभन्दा बढी रुरु जलविद्युत आयोजनाका सेयर धनीहरुले १० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ ईकुटी फन्डका धनीहरुले ६.८८ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म