मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

५२ हजार मतले एमाले अगाडि

शनिबार, ०१ पुस २०७४, १० : ३२
शनिबार, ०१ पुस २०७४

काठमाडौं - मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै छ । 

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ः३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, माओवादी केन्द्रले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् । 

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । 

आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप