आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा

मङ्गलबार, ०७ भदौ २०७९, १५ : ५८
मङ्गलबार, ०७ भदौ २०७९

आसन्न आम निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक चलिरहेको हाे ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटका लागि सकस देखिएको छ । काँग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी  छलफल चलिरहेको नेताहरु बताउँछन् । तर मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सिट बाँडफाँट पेचिलो बनेको छ । कार्यदलमा सहमति नभएपछि शीर्ष नेता बसेर भागबण्डा टुंग्याउने कसरत भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप