आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीको मधेशमा गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सर्‍यो

मङ्गलबार, ०७ भदौ २०७९, १४ : ५६
मङ्गलबार, ०७ भदौ २०७९

नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा गर्ने भनिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण सारिएको छ । प्रदेश इन्चार्ज गणेश शाह अमेरिकाबाट फर्किएकाले भदौ ८ गते गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सारिएको हो ।  

अब मधेस प्रदेशमा गर्ने भनिएको जनकपुरको प्रशिक्षण सबै प्रदेशमा सकिएपछि मात्रै सुरु गरिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको सबैभन्दा बढी समस्या मदेश प्रदेशमा भएकाले सबैभन्दा पहिले मधेसबाटै अभियान सुरु गर्ने तयारी गरिएको थियो । तर, प्रदेशका इन्चार्ज स्वदेश फर्की नसकेकाले सबैभन्दा अन्तिममा राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउन थालिएको छ ।

अब माओवादीले भदौ ९ गते गण्डकी प्रदेशबाट सुरु गरिने प्रचण्डको सचिवालयले जनाएको छ । आगामी बिहीबार पोखरामा गण्डकी प्रदेशमा प्रशिक्षण चलाउने भएको छ । प्रशिक्षण कार्यक्रमा पार्टी अध्यक्ष प्रचण्डसहित पार्टी पदाधिकारी, प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य र प्रदेशका नेता कार्यकर्ता सहभागी हुने भएका छन् । बैठकमा नेता कार्यकर्तालाई चुनाव केन्द्रीत बनाउन माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउन लागेको छ ।

‘अब चुनाव आउन जम्मा तीन महिना छ । पार्टीलाई सम्पूर्ण रुपले तयारी अवस्थामा राख्न जगाउनु पर्ने भयो’ पार्टी केन्द्रीय सदस्य देवेन्द्र पराजुली भने, ‘परम्परागत खालको प्रशिक्षण भन्दापनि अन्तरक्रियात्मक खालको बनाउन खोजेका छौँ । त्यसबाट तलको कुरा माथि र माथिको कुरा तल जानेगरी अन्तर संवाद खालको बनाउँछौं ।’ प्रदेश प्रशिक्षण गरेर समग्र प्रदेशको अवस्थाका विषयमा अध्यक्षसहित शिर्ष नेताहरुलाई समेत अवगत गराइने पराजुलीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप