‘ऐना झ्यालको पुतली’ मार्फत गाउँले जीवन बुझे – अभिनेत्री सिरु
अभिनेत्री सिरु बिष्टले फिल्म ‘ऐना झ्यालको पुतली’ ले आफूलाई गाउँले जीवनको अनुभव गराएको बताइन् । आफू काठमाडौंमा बस्ने भएकोले गाउँले जीवनको दुःख, मिहिनेत र संघर्षसँग परिचित नरहेको बताएकी उनले फिल्मले आफूलाई त्यो जीवन नजिकबाट बुझाएको बताइन् ।
‘फिल्मको लागि हाम्रो युनिट संखुवासभामा दुई महिना बस्यौ । त्यो समयको युनिटसँगको अनुभव एउटा फरक छ । त्यो कुरो अर्काे हो’ उनले भनिन् ‘फिल्मको सिलसिलामा काठमाडौंमा नगरेको कुरो गाई दुनेदेखि लिएर गाउँले जीवनका धेरै काम गरे र सिके ।’ एउटा नेपाली चेलीले गाउँमा परिवार र छोराछोरीका लागि कतिसम्मको स्टगल गर्नुपर्दाे रहेछ भनेर फिल्मबाट सिक्न पाएको उनले सुनाइन् । ‘मैले एउटा फिल्म अभिनयका लागि प्राक्टिक्स गाउँको त्यो जीवन गाहे भयो भने रियल लाइफमा भोगनले कसरी सकेको होला । म कल्पना पनि गर्न सक्दिन’ उनले थपिन् ।
मंगलबार फिल्म ‘ऐना झ्यालको पुतली’ ले आयोजना गरेको एक कार्यक्रममा अभिनेत्री बिष्टले माथिको अनुभव शेयर गर्दा यसका निर्देशक सुजित बिडारीले फिल्म राम्रो बनेको दाबी गरे । उनले ४ वर्ष अगाडि निर्माण भएको फिल्म बल्ल प्रदर्शनमा आउन लागेको सुनाए । जव मैले फिल्म कलेज पढेर सकाए । फिल्म बनाउने भन्दा ७, ८ वर्ष बित्यो । फिल्मका लागि कथा लेख्यौ भनेर लेख्दै जाँदा किन आफ्नो फ्यामिली, दिदी र भाइको बारेमा नलेख्ने भन्ने सोचेर ‘ऐना झ्यालको पुतली’का कथा लेखेको लेखक समेतरहेका निर्देशक सुजित बिडारीले बताए । ‘कथा लेखेपछि जव साथीभाईलाई सुनाए । उनीहरुको त्यो तिम्रो मात्र होइन । यो हाम्रो र सबैको पनि कथा हो । यसमा फिलम बनाउनुपर्छ भन्ने कुरोभयो’ निर्देशक बिडारीले अगाडि भने ‘त्यसैले पनि यो फिल्म निर्माण भएको बताए ।’ ‘ऐना झ्यालको पुतली’ डेब्यु फिल्म भएपनि सबैको सहयोगले राम्रो बन्न सफल भएको उनले सुनाए । ‘फिल्म इमोसनल जर्नी रहेको फिक्सन फिल्म हो’ उनले थपे ‘ फिल्मको पात्रसँग दर्शकले पनि यात्रा गर्नु हुने मलाई विश्वास छ ।’ फिल्म परिवारको आमा, छोरी र छोराको इमोसनल जर्नी भएको बिडारीले सुनाए ।
कार्यक्रममा फिल्मका कलाकार कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठलगायतले पिःलम अभिनय अनुभव सुनाएका थिए । आगामि २४ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अन्तराष्ट्रिय बिभिन्न फेष्टिभलमा समेत प्रदर्शन भएर पुरस्कार हात पार्न सफल फिल्म हो । फिल्मले दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो ।
बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो । निर्देशक सुजितको फिचर फिल्मतर्फ डेब्यू हो । सुजितले यसअघि सट फिल्म ‘सावित्री’ को लेखन तथा निर्देशन गरेका थिए । फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभूंग हुन्छ ।
सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राजथापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय छ । सिरु बिष्ट बाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् । आइसफल प्रडक्सन र लोकलसिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासँगको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा