बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

मङ्गलबार, ०७ भदौ २०७९, १४ : ४६
मङ्गलबार, ०७ भदौ २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।  यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।  

यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।  

जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।  

    यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप