काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित 'लोकल गाइड' तालिम सुरु
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित 'लोकल गाइड' तालिमको शुभारम्भ गरेका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथप्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए ।
पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका स्थानीय युवाहरुलाई तालिममा सहभागि गराइएको छ । यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाको जानकारी दिइनेछ । साथै उनिहरुलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरूबारे जानकारी दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल