शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अब के सिन्थेटिक बच्चा जन्मिएलान्  ? बायोटेक फर्मको नयाँ योजना !

मङ्गलबार, ०७ भदौ २०७९, १४ : २७
मङ्गलबार, ०७ भदौ २०७९

अगस्ट महिनाको सुरुवातमा केही वैज्ञानिकले मुसाको सिन्थेटिक भ्रूण बनाएको दाबी गरेका छन् । अब न भालेको वीर्यको आवश्यकता पर्छ न नै पोथीको अण्डा । न बच्चा हुर्किन गर्भ नै चाहिन्छ । भविष्यमा के बच्चाहरु यसरी नै जन्मेलान् त भनेर प्रश्न उठ्न थालेका छन् । के कुनै पनि जीव वा व्यक्तिको भाले र पोथीले एक–अर्कासँग शारीरिक सम्बन्ध स्थापित नगरिकनै सिन्थेटिक बच्चा जन्माउन सकिन्छ त ? के ती बच्चाहरुसँग तपाईंको लगाव होला ? आखिर यो प्रोजेक्टको उद्देश्य के हो ?

वैज्ञानिक यी सिन्थेटिक भ्रूणलाई विकसित गरेर असाध्यै खुसी छन् किनभने उनीहरु मेडिकल साइन्सको दुनियाँमा ठूलो चमत्कार गर्न चाहन्छन् । यदि यस्तो सिन्थेटिक भ्रूणको खेती हुन थाल्यो भने भविष्यमा मानिसहरुलाई विभिन्न खालका समस्या र रोगबाट फुर्सद मिल्नेछ । किनभने यसको खेतीले एउटा कुरा के पक्का छ भने भ्रूणभित्र शरीरको विभिन्न हिस्साको कोशिकालाई विकसित गरेर अंग विकसित गर्न सकिन्छ । यी अंगको उपयोग ती व्यक्तिका लागि गर्न सकिन्छ जसलाई यो आवश्यकता पर्छ । जस्तै कसैलाई मृगौला चाहिएको होला, कसैलाई फोक्सो वा कसैलाई आन्द्राको आवश्यकता होला ।

सिन्थेटिक भ्रूणमार्फत् पूरा हुनेछ अंगको कमी

वास्तवमा मुसाको सिन्थेटिक भ्रूण विकसित गर्नुको पछाडिको उद्देश्य अंगको कमीलाई पूरा गर्नु हो । यो प्रोजेक्टलाई पूरा गर्ने वैज्ञानिकले आफूहरुले सिन्थेटिक भ्रूणमार्फत् बच्चा नजन्माउने स्पष्टिकरण दिएका छन् । यसमा भनिएको छ, ‘हामीले यसमार्फत् बच्चा विकसित गर्न चाहेका होइनौँ । हामी भ्रूणबाट विशेष खालको कोशिकालाई निकालेर आवश्यकता अनुसार अंग विकसित गर्नेछौँ । विश्वभरी चलिरहेको अंगको कमीलाई पूरा गर्नेछौँ किनभने यसले अंग प्रत्यारोपणका लागि अंगको कमी पूरा हुनेछ ।’

सिन्थेटिक भ्रण निर्माण गरी त्यसको माध्यमबाट अंगको विकास गर्दा कुनै पनि नैतिक बाध्यताबाट मुक्त हुनेछ किनभने यो स्ट्यान्डर्ड भ्रूण विकसित गर्नु होइन । वैज्ञानिक अब सिन्थेटिक भ्रूण बनाएर मानव कोशिकालाई विकसित गर्न चाहन्छ ताकि दान गर्नका लागि अंगको कमी नहोस् । यो कामले विश्वभरी भइरहेको अंगको कमी पूरा हुनसक्छ । एमआइटी टेक्नोलोजी रिभ्युसँगको कुराकानीमा बायोटेक कम्पनी रिन्युअल बायोका संस्थापक ज्याकब हनाले आफूहरुले मानव कोशिकाका लागि मात्रै सिन्थेटिक भ्रूण विकसित गरिरहेको जानकारी दिए ।

भविष्यमा थुप्रै खालको रोग निको पार्न सकिनेछ

ज्याकबले भने, ‘मानिसको शरीरमा जति समय लाग्छ हामीलाई पनि भ्रूण विकसित गर्न त्यति नै समय लाग्नेछ । करिब ४० देखि ५० दिनमा यो सिन्थेटिक भ्रूण बन्नेछ जसभित्र शरीरका स–साना अंग विकसित गरिनेछ । पछि यसलाई आवश्यकताका अनुसार अंगलाई विकसित गरेर दान गरिनेछ । यसको मद्दतले भविष्यमा प्रतिरोधीसँग सम्बन्धित विभिन्न खालका समस्या सुधार्न सकिनेछ । हामी सिन्थेटिक भ्रूणमार्फत् निकालिएको कोशिकालाई थ्रिडी बायो प्रिन्टरको मद्दतले विकसित गर्नेछौँ ।

अमेरिकामा यतिबेला १.०६ लाख मानिसलाई अंगको आवश्यकता

हेल्थ रिसोर्सेस एन्ड सर्भिसेज एडमिनिस्ट्रेशनका अनुसार अमेरिकामा यतिबेला करिब १.०६ लाख व्यक्तिलाई अंग प्रत्यारोपणका लागि अंगको आवश्यकता छ । हरेक दिन अंगको प्रतीक्षामा अमेरिकामा १७ जनाको मृत्यु भइरहेको छ । वैज्ञानिकले भनेका छन्, ‘हाम्रो उद्देश्य भगवान बनाउनु होइन । हामी ती मानिसलाई सहयोग गर्न चाहन्छौँ जसलाई अंगको आवश्यकता छ ।’ यद्यपि, रिन्युअल बायोले उनीहरुको सिन्थेटिक भ्रूण कति विकसित हुनेछ भनेर जानकारी भने दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप