आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतीय सेनाले अनधिकृत प्रवेशको प्रयास असफल बनायो

मङ्गलबार, ०७ भदौ २०७९, १३ : २४
मङ्गलबार, ०७ भदौ २०७९

भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ । जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।

यसअघि अस्ति आइतबार  भारतीय सेनाले नौशेरा शहरको सेहर माकरी क्षेत्रमा एलओसीमा आत्मघाती हमला गर्न आएको गरेको अनधिकृत व्यक्तिलाई पक्राउ गरेको थियो । छब्बीस वर्षीय तबारक हुसेनलाई सोमबार राति पक्राउ गरिएको तथा निजलाई राजौरी जिल्लाको नौशेरा शहरको सेहर माकरी क्षेत्रमा सेनाको सेनाले समातेको ती अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप