सुख, शान्ति र आनन्द पाइने सरल तरिका

person explore access_timeभदौ ७, २०७९ chat_bubble_outline0

१, आफूभित्र सकारात्मक भाव पनि छैन र परिस्थितिलाई सामना गर्ने जाँगर पनि छैन भने संसारका कुनै पनि वस्तु, व्यक्ति वा परिस्थितिले सुख, शान्ति र आनन्द दिन सक्दैनन् । आनन्दको स्रोत आफैँ हो, आफैँभित्र आनन्दको सरोवर छिपेको छ तर देख्ने, जान्ने र पाउने प्रयास भने आफैँले गर्नुपर्नुेहुन्छ ।


२, प्रकृतिले हामीलाई जेजति दिएको छ त्यसलाई सदुपयोग गर्ने प्रयास गर्ने हो भने संसारमा अनिष्टकारी र अमङ्गल भन्ने केही हुँदैन । सृष्टिकर्ताले त्यस्तो चीजको सृष्टि गरेकै छैनन्, जुन विना कामका हुुन् वा हानिकारक होस् । चिन्न, जान्न, परख गर्न र प्रयोग गर्न जान्नुपर्छ सबैले अनुकुल बनेर शुभ फल दिन्छन्, दिन सक्छन् ।



३, यदि हामीले वर्तमानप्रति सन्तुष्ट हुन सिकेनौँ वा जानेनौँ भने कहिल्यै सन्तुष्टि पाउन सक्दैनौँ । न हामीले चाहेको चीज पाउन सक्छौँ न मनमा शान्तिको अनुभव नै गर्ने अवसर पाउन सक्छौँ । त्यसैले बुद्धिमानी यही हो कि वर्तमानलाई सदुपयोग गरी अघि बढ्ने प्रयास गर्नु ।



४, संसारमा कुनै पनि वस्तु, व्यक्ति वा परिस्थिति आफैँमा पूर्ण छैनन्, हुँदैनन् । पूर्ण चीज पाइएला र प्रयोग गरौँला भन्न थाल्ने हो भने त्यस्ता मानिसको अवस्था त्यस्तै हुन्छ जसले नदीको पानी सकिएपछि पारी जाउँला भनेर प्रतीक्षामा गर्ने गरेको छ । यसको अर्थ हो सबैमा केही न केही कमी पनि छन्, कमजोरी पनि हुन्छन् । त्यसैले पूर्ण खोज्ने होइन जे पाइन्छ त्यसैलाई पूर्ण बनाउनेतर्फ ध्यान दिने हो ।

५, सुख, शान्ति र आनन्द कुनै पनि बाह्य वस्तु, व्यक्ति वा परिस्थितिमा छैन, हुँदैन । अपितु आफैँभित्र छ । त्यसैले त्यस्ता वस्तु, व्यक्ति वा परिस्थितिको आशा नगरी आफैँले वा आफैँद्वारा प्रप्त गर्ने प्रयास गर्नुपर्छ । अरूले दिने भनेको भारोसा र सान्त्वना मात्र हो । बढी पाइए सहयोगसम्म पाइएला तर त्यसलाई लिन पनि आफूले केही गर्ने प्रयास गरेकै हुनुपर्छ । उठ्नै नखोज्नेलाई न कसैले टेक्ने लठ्ठी ल्याएर दिन्छन् न दिए पनि त्यसले काम गर्छ । 

६, अरूबाट हजार कुराका आशा गर्नुभन्दा आफूले गरेको एउटै कामको महत्व बढी हुन्छ । हो, आशा गर्नु नराम्रो होइन, आशावादी हुनैपर्छ तर त्यो अरूसित नभई आफैँसित हो । अन्यथा जीवनमा कहिल्यै शान्ति र आनन्द पाउन सकिन्न । 

७, जसले शत्रु, मित्र, मान, अपमान, सर्दी, गर्मी, सुख, दुःख, निन्दा, प्रशंसा सबैलाई क्षणिक ठानेर जुनसुकै अवस्थामा पनि समभावमा रहने वा रहनसक्ने प्रयास गरेको छ उसका निम्ति संसारमा अप्राप्य केही हुँदैन । यस्ता मानिस अजात शत्रु बन्छन्, जसले गर्दा उसका समग्र आवश्यकता त्यसैबाट पूरा भइरहेका हुन्छन् ।

८, जो मानिस न आफू दुःखी हुन्छ न अरूलाई दुःख दिन्छ, न कसैको द्वेष वा इष्र्या गर्छ, त्यस्तै न आफूले शोक गर्ने गरेको छ, न अरूलाई मन, वचन र कर्मद्वारा चोट पु¥याउने गरेको छ भने त्यस्ता मानिसका लागि सुख, शान्ति र आनन्द भन्ने कुरा कहिल्यै टाडा हुँदैन ।

९, जसले सर्वभूतलाई मित्र ठानेको छ वा तीप्रति द्वेषभाव राख्ने गरेको छैन, जो स्वार्थ रहित छ, जसले सबैलाई माया गर्ने गरेको छ, जो दयालु र परोपकारी छ, जसमा घमन्ड र अहङ्कार छैन त्यस्ता मानिसलाई पनि सुख, शान्ति र आनन्द खोज्न टाडा जानुपर्दैन ।

स्रोत विभिन्न पुस्तक तथा पत्रपत्रिका

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।