नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक बस्दै, सुनकोसी–३ बनाउन प्रस्ताव गरिने

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको छ । भोलि बुधबार र विहीबार बस्ने दुई देशका ऊर्जा सचिवस्तरीय बैठकको तयारी सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
बैठकका लागि बंगलादेशबाट प्रतिनिधिमण्डल काठमाडौं आइसकेको छ । बुधबार र बिहीबारका लागि काठमाडौं आइसकेको बंगलादेशी प्रतिनिधिमण्डलले हिजो ऊर्जा, जलस्रोत तथा सिञ्चाईको मन्त्री पम्फा भुषाललाई भेट गरिसकेको छ ।
यस्तै, नेपाली टोलीसहित बंगलादेशी टोली सुनकोसी–३ जलविद्युत आयोजनाको निर्माणस्थलको निरीक्षणमा निस्किएको छ । निरीक्षणमा ऊर्जा मन्त्रालयका सह–सचिव मधु भेटवाल, विद्युत विकास विभागका महानिर्देशक सन्दीप देव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् ।
यस्तै, निरीक्षणमा बंगलादेशका तर्फबाट सचिवस्तरीय बैठकमा उपस्थित हुन नेपाल आएका बंगलादेशी टोलीमा त्यहाँको पावर डिभिजनका सचिव हबिबुर रहमान, अतिरिक्त सचिव मोहसनि चौधरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष बहबुबर रहमान, पावर ग्रीड कम्पनी अफ बंगलादेशका कार्यकारी निर्देशक गोलम क्रिबिया छन् ।
भोलि हुने बैठकमा नेपाली पक्षले बंगलादेशलाई ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजना मिलेर बनाउन प्रस्ताव गर्नेछ । यस आयोजनाको विस्तृत अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म