बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

१५ भदौदेखि श्रृजनशील लघुवित्तको आईपीओ

मङ्गलबार, ०७ भदौ २०७९, ११ : २६
मङ्गलबार, ०७ भदौ २०७९

श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप