हिमालयन बैंकले २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्ने
मङ्गलबार, ०७ भदौ २०७९, ११ : २३
हिमालयन बैंकले १५ भदौदेखि २५ लाख युनिट (इकाइ) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।
यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।
ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । ऋणपत्रमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार
-
सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा
-
तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
-
शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला