ङादी ग्रुपको एक करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन
मङ्गलबार, ०७ भदौ २०७९, ११ : १६
ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउनेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
-
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने