आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारको मापदण्ड तोक्दै एमाले

मङ्गलबार, ०७ भदौ २०७९, ११ : १४
मङ्गलबार, ०७ भदौ २०७९

नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल गर्नेछ । 

‘स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठनिक विषयमा समेत छलफल हुन्छ ।’

एमालेले निर्वाचन केन्द्रीत बैठक डाकेको छ । जसमा भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप