बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

मङ्गलबार, ०७ भदौ २०७९, ११ : १३
मङ्गलबार, ०७ भदौ २०७९

संसदमा  ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।  दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो ।

उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाको अर्काे बैठक १३ भदौ सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप