उम्मेदवारको मापदण्ड तोक्दै एमाले
मङ्गलबार, ०७ भदौ २०७९, ११ : १०
नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल गर्नेछ ।
‘स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठनिक विषयमा समेत छलफल हुन्छ ।’
एमालेले निर्वाचन केन्द्रीत बैठक डाकेको छ । जसमा भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल