शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भाजपा नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन

मङ्गलबार, ०७ भदौ २०७९, ११ : १०
मङ्गलबार, ०७ भदौ २०७९

भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ । रिपोर्टका अनुसार उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन् र सोमबार राती त्यहाँ उनको मृत्यु भएको हो ।

हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव हारेकी थिइन् ।

अहिले कुलदीप बिश्नोई कांग्रेस छोडेर भाजपामा प्रवेश गरेका छन् । हालै उनलाई कुलदीप बिश्नोईले पनि भेटेका थिए । सोनाली फोगाट रियालिटी शो बिग बोस १४ मा पनि सहभागी भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप