दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ
नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए ।
“कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ”, उनले भने । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।
एउटा दमकलका लागि कम्तीमा छ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिए । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययनसमेत गरिरहेको छ ।
परियोजनाका प्रमुख शिव सुवेदीले यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताए ।
बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल रहेको छ । बाँकेमा आठ स्थानीय तह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने