कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द
मङ्गलबार, ०७ भदौ २०७९, १० : ३२
पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द गरिएको छ । सो राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।
कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गरिएको हो । घट्टेखोलामा बनेको पक्की पुल आज बिहान ६ बजेदेखि बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक डिभिजन कार्यालयको अनुरोधमा नवनिर्मित पुलको जाँच गर्नुपर्ने अनुरोध आए पछि राजमार्ग बन्द गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ७४ जना चालक कारबाहीमा
-
जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ
-
बैंकिङ्ग कसुर मुद्दामा एकजना पक्राउ
-
बाँके एमाले जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल
-
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
-
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित