बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

मङ्गलबार, ०७ भदौ २०७९, १० : २२
मङ्गलबार, ०७ भदौ २०७९

 कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले रातोपाटीलाई बताए । 

आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप