मुख्यमन्त्री हटाउने योजना छैन : अध्यक्ष यादव
मङ्गलबार, ०७ भदौ २०७९, ०९ : १४

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको बताएका छन् ।
आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भने -“मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।”
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’