नागरिक उन्मुक्ति पार्टीले ४ सय स्थानमा उम्मेदवार उठाउने
![नागरिक उन्मुक्ति पार्टीले ४ सय स्थानमा उम्मेदवार उठाउने](https://rpcdn.ratopati.com/media/albums/resham_chaudhari_gyBWJNgEdV.jpg)
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ ।
हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस भनेर हात जोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’
नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जानकारी पनि रेशम चौधरीले दिए । तराईसँगै पहाडमा समेत पार्टी उक्लिन थालेको छ । काठमाडौं, ललितपुरबाट समेत उम्मेदवार उठाउने तय गरिएको छ ।
उम्मेदवारी दिने अन्य जिल्लामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, परासी, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, सुनसरी, मोरङ जिल्ला रहेका छन् । त्यस्तै, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कालिकोट, मुगु, रामेछाप, उदयपुर, काभ्रे, दोलखा र नुवाकोट पनि छन् । पार्टी संगठन विस्तारकै क्रममा रहेकाले उम्मेदवार हुन सक्ने जिल्ला अझ थपिन सक्ने रेशम चौधरीको भनाइ छ ।
हालसम्म कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता चौधरी उम्मेदवार हुने तय भए पनि अन्य क्षेत्रको उम्मेदवारी तय गर्न प्रमुख दलहरुको उम्मेदवारको अवस्था हेरेर निर्क्यौल गरिने पार्टीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : खनाल
-
रातो किताब अनधिकृत रूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
-
दाङको राजुपुर गाउँपालिकाबाट एसईईमा एक जना उत्तीर्ण
-
सबै असहमति हल गरेर नयाँ नेतृत्व चयन गर्छौँ : महासचिव भुसाल
-
मिश्रित ऊर्जाको प्रवर्द्धनमा जोड
-
सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा शैलेन्द्र चौधरी पक्राउ