इङ्ग्लिस प्रिमियर लिग : युनाइटेडसँग लिभरपुल पराजित
जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इरिक टेन हागको टोलीले लिभरपुलमाथि २-१ को जित निकाल्यो ।
पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डलाई क्रमश: २-१ र ४-० को नतिजा सुम्पिएका कारण युनाइटेडमाथि दबाब बढेको थियो । लिभरपुलविरुद्धको खेलमा टेन हागले स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ह्यारी मग्वायरलाई बेन्चमै राखेका थिए । जुन निर्णय जित सहित तीन अंक जोड्न महत्वपूर्ण साबित बन्यो ।
१६ औं मिनेटमा सान्चोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ५३ औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन ।
योर्गान क्लोपको टोली भने जारी सिजन लगातार तीन खेलमा जितबिहीन रह्यो । पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीसँगै अंक बाँडेको लिभरपुल दोस्रो खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको थियो । युनाइटेडले चौथो खेलमा शनिबार साउथहमटनको भ्रमण गर्नेछ भने लिभपुलले बर्नामाउथलाई आतिथ्य गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने