बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत : आकाश, पूजा, सोनमको त्रिकोणात्मक प्रेम कथा

सोमबार, ०६ भदौ २०७९, २१ : २५
सोमबार, ०६ भदौ २०७९

१७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि(रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । 

सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् । गीतमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नव(अभिनेता सोनम तोप्देनको अभिनय छ । संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बुनिएको छ । आकाश र सोनममध्ये पूजा कसकी हुन्छिन् भन्ने कौतुहलता गीतले जगाउनेछ ।
 
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्मका लागि पूजा शर्माले सोनमलाई रोजेकी हुन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । 
 
अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह(निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप