बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद सङ्कलन काउन्टर

सोमबार, ०६ भदौ २०७९, २० : ४६
सोमबार, ०६ भदौ २०७९

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद सङ्कलन काउन्टर सञ्चालन गर्ने  सम्झौता गरेको हो। 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरूबाट पनि भुक्तानी गर्न सकिने छ । नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप